रवीन्द्र मिश्रले भने– उज्वल थापाको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर
  • CIA Khabar

  • काठमाडौ । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै सो दलका अध्यक्ष रवीन्द्र मिश्रले थापाको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएको अवस्था अत्यन्तै गम्भिर रहेको बताएका छन् ।

    उनले भनेका छन्– ‘डाक्टरहरूले सकेको गरिरहेका छन्। डाक्टरहरू र देश विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वलजीको परिवार अत्यन्तै अनुग्रहित छ। उज्वलजीको लागि प्रार्थना गर्दै रहनुहोला। प्रार्थनामा शक्ति हुन्छ ।’

    केहीदिन पहिले कोरोना संक्रमित भएका थापाको मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ । उनको उपचारका लागि देश बिदेशमा रहेका नेपालीहरुले ५० लाख रुपैया सहयोग गरेका छन् ।

  • १६ जेष्ठ २०७८, आईतवार २१:०१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images