काठमाडौँ । भारतमा केही कोरोना संक्रमण दर र मृत्यु दरमा उल्लेख्य कमी आएको छ ।
दैनिक चार लाखभन्दा धेरै संक्रमित थपिने गरेकोमा अहिले यो घटेर दुईलाख भन्दा तल झरेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ४६० कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा १ लाख ६५ हजार ५५३ संक्रमित थपिएका छन् ।
हालसम्म भारतमा ३ लाख २५ हजार ९७२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । २ करोड ७८ लाख ९४ हजार ८०० जना भारतमा कोरोना संक्रमित भइसकेका छन् ।