योगेशले गरे बजेटको खुलेरै स्वागत, जनमुखी रहेको ठोकुवा
  • CIA Khabar

  • काठमाडौँ । नेकपा एमालेले साधारण सदस्यसमेत नरहने गरि निष्कासन भएका माधव नेपालले सरकारले आर्थिक वर्ष २०७८÷७९ का लागि ल्याएको बजेटलाई विरोध गरेपनी एमाले नेता योगेश भट्टराईले स्वागत गर्नुभएको छ ।

    सरकारले आर्थिक वर्ष २०७८र७९ को बजेटलाई जनमुखी भन्दै भट्टराईले सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै स्वागत गर्नुभएको हो । उहाँले लेख्नुभएको छ – अर्थमन्त्री माननीय बिष्णु पौडेलले हिजो सार्वजनिक गर्नुभएको आ.व. २०७८/ ७९ को बजेट मुलत जनमुखी छ ।

    हरेक बजेटका चुनौती जस्तै यो बजेटका पनि कार्यन्वयन, पुंजिगत खर्च कम हुने, राजनीतिक र प्रशासनीक नेत्रीत्वमा ईच्छाशक्तिको कमी, राजश्वको लक्ष नभेटाउने, राष्ट्रिय उत्पादनमा प्रगति नहुने लगायतका चुनौती भने यो बजेटका सामु पनि बिध्यमान छन । यी चुनैतीमाथि बिजयप्राप्त गर्न अर्थमन्त्रीजीलाई सफलता मिलोस ।

  • १७ जेष्ठ २०७८, सोमबार १०:२० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images