चीनले आफ्ना नागरिकलाई तीन बच्चा पाउन अनुमति दिएकाे छ ।
यसअघि दुई बच्चा मात्रै जन्माउन पाइने नीति कडाइका साथ अंगीकार गर्दै आएकाे चीनले जनसंख्याकाे विषयमा उत्पन्न चासाे सम्बाेधन गर्दै याे नीति लिएकाे हाे ।
अब कुनै पनि अभिभावकले चाहेमा तीन बच्चा पाउन उनीहरू स्वतन्त्र हुने बीबीसीलगायत सञ्चारमाध्यमले उदधृत गरेका छन् ।
दुई बच्चा नीतिअघिसम्म चीनले वन चाइल्ड पाेलिसी अर्थात् केबल एक बच्चा मात्रै पाउन सकिने नियमसमेत ल्याएकाे थियाे । चीनमा बढ्दाे खुलापनकाे चाहनालाई याे नीतिले केही हदसम्म सम्बाेधन गर्न सक्ने ठानिएकाे छ ।