काठमाडौ । पूर्व सभामुख दमननाथ ढुङ्गानालाई कोरोना संक्रमण भएको छ । एक महिनाअघि कोरोना संक्रमणको पुष्टि भएको थियो । आफ्नै घरमा आइसोलेशनमा बसेर उपचार गरेपनि संक्रमण निको नभएको ढुङ्गानाले जानकारी दिए ।
अहिले पनि संक्रमण पोजेटिभ रहेको र स्वास्थ्योपचार जारी रहेको उनले बताए । उनी २०४८ सालदेखि २०५१ सालसम्म प्रतिनिधि सभाको सभामुख रहेका थिए ।