उपनिर्वाचन : मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने
  • CIA Khabar

  • लुम्बिनी । लुम्बिनी प्रदेशमा भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनको मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ ।

    कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले जानकारी दिए । निर्वाचनका लागि दाङको घोराहीमा रहेको कर्मचारी मिलन केन्द्रमा तीन वटा मतदान स्थल तोकिएको छ भने मतदान अन्तिम चरणमा पुगेको छ ।

    प्रदेशसभा सदस्यका लागि ९क०, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि ९ख० र कोभिड सङ्क्रमितका लागि ९ग० मतदान केन्द्र तोकिएको हो । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्ने छ ।

    निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दीर्घनारायण पाण्डे उम्मेदवार रहेका छन् । पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा पार्टीका साझा उम्मेदवार हुन् ।

  • १७ जेष्ठ २०७८, सोमबार १४:५२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images