सरकारमा सहभागिताबारे जसपा नेता ठाकुर-महतो प्रधानमन्त्री ओलीसँग छलफलमा
  • CIA Khabar

  • काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा सहभागीताबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलमा जुटेका छन् ।

    प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भएको छलफलमा सरकारमा सहभागी हुँदा पाउने भनिएका ८ मन्त्रालयका विषयमा छलफल भइरहेको जसपाका एक नेताले जानकारी दिए ।

    ‘प्रधानमन्त्री हाम्रा मागमा सकारात्मक देखिनुभयो, हामी पनि उहाँप्रति सकारात्मक भएका हौँ, ८ मन्त्री र २ राज्यमन्त्रीमा कुरा भएकाले त्यसबारे नेताहरूले छलफल गरिरहनुभएको छ,’ ठाकुर निकट नेताले भने ।

    ओलीसँगको भेटमा जसपाका अन्य मागका विषयमा छलफल भएको छ । जसपाले नागरिकता, संविधान संसोधन, मधेस आन्दोलनका क्रममा झुटा आरोप लगाएर पक्राउ गरिएका कार्यकर्ताहरूको मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायतका माग राख्दै आएको थियो । यसमध्ये अधिकांश माग ओली सरकारले पूरा गरेको छ ।

    संविधान संसोधनका लागि कार्यदलसमेत बनेपछि जसपाको ठाकुर-महतो खेमा ओली सरकारमा सहभागीताका लागि सकारात्मक बनेको हो ।

  • १७ जेष्ठ २०७८, सोमबार १५:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images