काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाका वर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी बुद्धि सागर सुवेदी आफ्ना ३ प्रतिस्पर्धीलाई पछि पर्दै २०२१–२०२३ का लागि अध्यक्ष पदमा बिजयी हासिल गर्नुभएको छ ।
शनिबार र आइतबार भएको मतदानमा ७८ दशमलव ३२ प्रतिशत मतदान भएको थियो । मतदानका लागि कुल २०१३८ मतदाता रहकोमा १५७६८ ले मतदान गरेका थिए । सुवेदीले कुल मतको ३६ प्रतिशत प्राप्त गर्नुभएको हो । उहाँले ५ हजार ६ सय १८ मत ल्याई विजयी हुनुभएको हो । दोस्रो स्थानमा कृष्ण लामिछानेले ५ हजार २ सय ६८ मत ल्याई दोस्रो स्थानमा परेका छन् ।
तेस्रो स्थानमा डा अर्जुन बञ्जाडे रहेका छन् भने उहाँले ४ हजार १ सय भोट ४८ मत ल्याउनुभएको छ । यसै गरि ५६७ मत ल्याई तिलक केसी चौथो स्थानमा पर्नुभएको छ । एनआरएनए अमेरिकाको निर्वाचनमा १५ हजार ७ सय ६८ भोट खसेको छ भने कुल मत २० हजार १ सय ३८ रहेको थियो ।
उहाँले विभिन्न संचार माध्यममा कुराकानी,समुदायसंग भएको अन्तरक्रिया र बहस जस्ता कार्यक्रममा चुनाव आफूले जित्ने दाबी गर्नुभएको थियो । उहाँले चुनाव जित्ने तर मैले जित्दै गर्दा मेरो कार्यसूची (एजेण्डा)ले जित्नुपर्छ भन्ने मान्यतामा उनि प्रचार प्रसारमा चुनावमा होमिनु भएको थियो । यति मात्र होइन एनआरएनए एनसीसी अमेरिकाले पनि जित्नुपर्छ र सँस्थाले जित्नुपर्छ। हामी सबै नेपाली अमेरिकन समुदायले जित्नुपर्छ भनि अमेरिकाका विभिन्न राज्यहरुमा भएका अन्तरक्रिया र बहसमा सहभागी हुनुभएको थियो । उहाँले कुरा संस्था र आम नेपाली अमेरिकन समुदायको हो। यो केवल जित या हारको पनि होइन । कुरा हाम्रो अस्तित्व, नेपालीत्व, अधिकार र सन्ततिको भविष्य सम्मको कुरा छन्। ती सबै कुराको जित हुनुपर्छ, म त्यसैको लागि लागि परेको सुवेदीले भन्न्ुभयो । एनआरएनए अमेरिकाको निर्वाचनमा १५ हजार ७ सय ६८ भोट खसेको छ भने कुल मत २० हजार १ सय ३८ रहेको थियो ।
उहाँले कूल मत ५ हजार ६ सय १८ मत प्राप्त गर्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी)अमेरिकाको को नेतृत्व लिनेछन । यस पटक अध्यक्ष पदका ४ जना प्रत्याशी मध्ये ३ जना कृष्ण लामिछाने,डा अर्जुन बन्जाडे(विधा वारिधि )समूह बनाई प्रचार प्रसारमा होमिएका थिए ।
उहाँले विश्वासको मत आफूले मत पाउदा पाउदै उपबिजेता बन्नुभयो भने अभियानबाट बाहिरिन्न र टेनेसी अदालत धाउने छैन भनि घोषणा गनुएभएको थियो ।
सुबेदी सन् २०१० देखि एनआरएनए अभियानमा संलग्न हुनुहुन्छ । अमेरिकामा उहाँ सफल व्यवसायी हुनुहुन्छ भने मिसिगन राज्यमा तल्लो स्तरमा काम गर्दै मिसिगनको अध्यक्ष ,अमेरिकाको उपाध्यक्ष र २०२१–२०२३ को लागि अध्यक्षको प्रत्यासी हुनुभएको थियो । उहाँले जहाँ जाँदा पनि शाखाबाटै काम सुरु गरेकोले समस्या बुझेको र यसलाई कसरी समाधान गर्न पनि तयार रहेको बताउनुभएको थियो । संस्थालाई गर्व गर्न लायक र सामूहिक हितमा काम गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभएको थियो । उहाँले तपाईहरुको अध्यक्ष हुन् काम गर्नेछु । साथै यस संस्थालाई समुदायमा पुग्न सक्ने बनाउने आफ्नो ध्येय रहेको बताउनुभयो । उहाले आफू मत माग्न आएको हैन र कामको मुल्यांकन समुदायले गर्ने छ भन्नुभएको थियो ।
यस्तो बुद्धि सागर सुबेदी जीवनी
स्याङ्जा टक्सारका सुवेदी परिवार चितवनमा बसाई सराई गरेको हो । चितवनको माडीमा पढाईमा सधैँ प्रथम द्वितीय भईरहने उहाँले निमावि र माडी मावि वसन्तपुरमा पढ्नु भएको थियो । २०४४ सालमा प्रथम श्रेणीमा उहाँ उक्त बिद्यालयबाट गर्नुभएको थियो । उहाँले वन बिषयमा पोखरामा अध्ययन गर्नुभएको हो । उहाापहिला बिद्यालयको शिक्षक अनि पछि महाविद्यालयको प्राध्यापक बन्नुभयो। हाल उहाँ स्थापित अमेरिकाको विस्कनसिनका सफल व्यवसायी हुनुहुन्छ ।
पोखरामा वन बिषय पढ्दै गर्दा आन्दोलनमा छात्रावासमा पक्राउ पर्नुभयो १÷२ दिन थुनामा पनुर््भयो। उहााले बाणिज्य प्रशासनमा स्नातकोत्तर गर्नुभएको छ ।उहाले कालिकोट गएर प्रस्तावित माविमा ३ बर्ष प्रअ भएर काम समेत गर्नेभयो । उहाले पब्लिक यूथ, मीन भवन क्याम्पसमा लगायतमा २०५४ बाट २०६१ सम्म पढाउनु भएको थियो । त्यस पछि नयाँ बानेश्वरमा कान्तिपुर इन्स्टिच्युटमा नामक सँस्था खोल्नुभयो जहाँ १७/ १८ सय विद्यार्थी अध्ययनको लागि आउँथे । उहाँको उक्त संस्थामा वित्तीय र लेखा पढाई हुन्थ्यो । उहाँले अमेरिकाले खोल्ने विविधता चिट्ठा अर्थात् डिभी परेकोले २००३ मा परिवार साथ अमेरिका जानुभएको हो । उहाले प्रारम्भमा अमेरिकाको बाल्टिमोर आएपछि इन्ध चौकीमा काम गर्नुभयो भने २००६ बाट व्यवसाय प्रारम्भ गर्नुभएको हो। उहाँका थुप्रै व्यवसाय संचालनमा छन् भने ३० वटा व्यवसायमा झन्डै सय भन्दा ज्यादा नेपालीलाई उहाँले रोजगारी दिनुभएको छ । विस्कान्सनमा बसाई सराई गरे पछि सुवेदीकै नेतृत्वमा नेप्लिज एप्पलटन यूथ एसोसिएसन खोल्नुभयो भने हाल सम्म उहाँ त्यसको संरक्षक हुनुहुन्छ । सुबेदी एनआरएनए विस्कनसिन शाखा अमेरिकाको २०१७र१९ को संस्थापक सभापति हुनुभएको थियो । स्थानीय स्तरबाट सङ्घर्ष गर्दै क्षेत्रीय तह हुँदै उपाध्यक्षसम्म बन्नुभयो । र उपाध्यक्ष संगै उहाँ