लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित
  • CIA Khabar

  • लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे निर्वाचित भएका छन् ।

    सोमबार भएको निर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।

    राष्ट्रियसभा सदस्यमा निर्वाचित कांग्रेसका पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।

    निर्वाचनमा स्थानीय तहतर्फ नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवल शम्शेर राणा र नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह र गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापा मतदानमा उपस्थित भएनन् ।

    निर्वाचनमा २९७ मत खसेको थियो ।

  • १७ जेष्ठ २०७८, सोमबार १६:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images