ओलीको अहंकार र सबैलाई पेल्ने प्रवृतिले एमाले फुटको संघारमा :कांग्रेसका नेता मिनेन्द्र रिजाल
  • CIA Khabar

  • नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले कांग्रेसले एमाले र जसपा विभाजन गराउन लागको भन्ने संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालको आरोप निराधार रहेको बताएका छन् ।

    नेता रिजालले नेकपा(एमाले)भित्र झगडाको बिउ आफूहरूले लगाएको नभई प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र सबैलाई पेल्ने प्रवृतिका कारण विवाद उत्पन्न भएको बताए । सरकारविरुद्ध कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउनुपर्ने आममागका बीच पनि सरकारविरुद्ध अविश्वास प्रस्ताव नल्याइ आफैँ आलोचित हुँदासम्म पनि कांग्रेस चुप लागेर बसेको उल्लेख गर्दै उनले अहिले भने देश र जनताको बृहत्तर सार्थ र हितलाई ध्यान दिँदै प्रधानमन्त्रीका लागि विकल्प प्रस्तुत गरेको बताए ।

    उनले भने, ‘यो निराधार आरोप हो । नेकपा व्यवस्थापन गर्न सक्नुभएन प्रधानमन्त्रीले । उहाँको अहंकार र सबैलाई पेल्ने प्रवृतिका कारण पार्टी फुटको संघारमा पुग्दापनि हामी संयमित भयौँ । प्रतिनिधि सभा विघटनपश्चात् पनि कांग्रेसले अविश्वास प्रस्ताव दर्ता नगरेका कारण निकास निस्केन भनेर आलोचना टिप्पणी खायौँ तर अर्काको पार्टीमा पसेनौँ । यो बिउ हामीले लगाएको होइन । कांग्रेस अरु कसैको पनि झगडामा परेको छैन ।

    उनले थपे, हामीले कसैलाई उत्प्रेरित गरेका छैनौं । दोस्रो पटक प्रधानमन्त्रीले प्रतिनिधिसभालाई विघटन गर्ने प्रपञ्च नगर्दासम्म हामीहरूले उहाँहरुले समर्थन छ भन्दाभन्दै पनि आफैँ चुप लागेर बस्यौँ । बरु त्यसको लागि हामी आलोचित भयौँ । त्यो आलोचना सह्यौँ । अहिले देश र जनताको बृहत्तर स्वार्थ र हितका लागि हामीहरूले उहाँहरूसँग साथ लिएर विकल्प प्रस्तुत गर्न आवश्यक थियो । त्यो विकल्प प्रस्तुत गर्‍यौँ ।

    सोमबार मन्त्री ढकालले एमाले र जसपालाई विभाजन गराउनका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको बताएका थिए । मन्त्रीको सोही प्रतिक्रियाप्रति टिप्पणी गर्दै कांग्रेस नेता रिजालले कांग्रेसको प्रधानमन्त्रीमा दाबी कसैलाई फुटाउनको निम्ति नभएको स्पष्ट पारेका छन् ।

  • १७ जेष्ठ २०७८, सोमबार १७:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images