गुल्मीमा पछिल्लो २४ घण्टामा २९ जनाका कोरोना पुष्टि, २४ जना कोरोना संक्रमण मुक्त
  • गोकर्ण पाण्डे

  • गुल्मी । गुल्मीमा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।जिल्ला जन स्वास्थ्य कार्यालयका अनुसार बितेको २४ घण्टामा संक्रमित देखिएका छन्। मुसिकोट नगरपालिकामा १२ जना,मदाने गाउँपालिकामा २ जना, रुरुक्षेत्र गाउँपालिकामा ८ जना, छत्रकोट गाउँपालिकामा १ जना,कालीगण्डकी गाउँपालिकामा ३ जना, सत्यवती गाउँपालिकामा १ जना धुर्कोट गाउँपालिकामा २ गरि २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सगै गुल्मीमा कोरोना सकृय संक्रमित संख्या ६३२ पुगेको छ ।

    त्यस्तै,गुल्मीमा पछिल्लो २४ घण्टामा थप २जनाको मृत्यु भएको छ। छत्रकोट गाउँपालीका वडा नम्बर ६ का ४१ वर्षिय पुरुष र इस्मा गाउँपालीका  वडा नम्बर ६ कि ७८ वर्षिय महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।यो सँगै दोस्रो कोरोना लहरका कारण गुल्मीमा मृत्यु हुनेको संख्या ७८ पुगि सकेको छ।

    पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमण मुक्त भएका छन्।अहिले सम्म कुल एक हजार ५७२ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ। कोरोना भाइरस संक्रमण बढ्दै गएपछि गुल्मीमा यहि जेठ २४ गते राति १२ बजे सम्म निषेधाज्ञा गरिएको छ।

  • १७ जेष्ठ २०७८, सोमबार १९:२५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images