सरकारबाटै कानुनी मर्यादाको उल्लंघन भयो : जम्मकट्टेल
  • CIA Khabar

  • काठमाडौ । नेकपा माओवादी केन्द्र बागमती प्रदेशका संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले सरकारबाटै ऐन कानुनको मर्यादाको उल्लंघन गर्ने काम भइरहेको बताएका छन् । प्रदेशसभाको आज बसेको बैठकमा बोल्दै उनले प्रदेश सरकारले ऐन कानुनको मर्यादालाई उलङ्घन हुने गरी दलगत स्वार्थको लागि एन्जिओ जस्ता संस्थाहरुलाई विभिन्न अनुदान रकम वितरण गर्ने गरेकोमा चिन्ता व्यक्त गरे ।

    नेता जम्मकट्टेलले प्रदेश सरकार जनताप्रति जिम्मेवार भएर आगामी वर्षको नीति कार्यक्रम र बजेट तर्जुमामा केन्द्रीत नभए बजेट पारित हुन नसक्ने बताए । उनले सरकारले ल्याउने नीति कार्यक्रम तथा बजेटमा आम नागरिकहरुको स्वास्थ्यप्रति गम्भीर भएर कोभिड संक्रमण नियन्त्रणको लागि खोप उपलब्ध गराउन बजेटको व्यवस्था गर्न माग गरे ।

  • १७ जेष्ठ २०७८, सोमबार २०:१९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images