पोखरा । राष्ट्रिय युव संघ नेपालका पुर्व केन्द्रिय अध्यक्ष तथा गण्डकी प्रदेश सभा सदस्य राजिब पाहारिले कास्किको अन्नपूर्ण गाउपालिकामा स्वास्थ सामाग्री हस्तान्तरण गरेका छ्न । उनले नेकपा एमाले अन्नपूर्ण गाउपालिकाका सचिब विवेक देव नेता सुरेन्द्र गुरुङलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।
आफ्नो निजि खर्चमा पहारिले अन्नपूर्ण गाउँपालिकाका ११ वटै वडामा कोरोना नियन्त्रणमा सहयोग पुर्याउन पाहारिले ५५ सय सर्जिकल मास्क, ५ सय साबुन, २४ बत्तल स्यानिटाइजर, ११ फेसशिल्ड र १० थान पिपिइ सहयोग गरेको उनका स्वकिय सचिब मनोज .पहारिले जानकारी दिए।
सामाग्री हस्तान्तरण गर्दै साम्सद पहारिले बढ्दो कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकार, राजनीतिक पार्टी जनप्रतिनिधि,समाजका विभिन्न तह र तप्का मा आबध्द ब्यक्तित्वहरु र नागरिक लाग्नु जरुरी भएको भन्दै कोरोना भाइरस हामी सबैको साझा समस्या भएकोले नियन्त्रणमा सरकारको मात्रै जिम्मेवारी हो भनेर नबस्न र सक्दो सहयोगमा जुट्न सबैलाइ आबहान गरे।