ऐतिहासिक बजेट आयो, सुझाव सबै सम्बोधन भए : अटोमोबाइल्स व्यवसायी
  • CIA Khabar

  • काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई अटोमोबाइल्स व्यवसायीले पूर्ण स्वागत गरेका छन् । अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्ण प्रसाद दुलालले नाडाका सबै सुझाव बजेटमार्फत सम्बोधन भएको भन्दै बजेटको मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ । विद्युतीय सवारी साधनमा लाग्दै आएको अन्तशुल्क पूरै मिनाहा हुँदा एउटा बिजुली गाडी १० लाखसम्म सस्तो हुने उहाँको भनाई छ । यो सुझाव नाडाले दिएको थियो ।

    त्यस्तै ५ सय विद्युतीय सवारी चार्जिङ स्टेशन बनाउने, काठमाडौँमा साझा यातायातसँगको सहकार्यमा १ सय वटा विद्युतीय बस चलाउने र सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम पनि खर्चमा देखाउन पाउने, कर बुझाउने वित्तिक्कै स्वतः कर चुक्ताको प्रमाणपत्र पाउने र यसले खाता प्रमाणित गर्नुपर्ने झण्झट नहुने, २० लाख सम्मको आम्दानीमा ९० प्रतिशत आयकर छुट जस्ता विषय एकै पटक सम्बोधन भएकाले यो बजेट ऐतिहासिक भएको नाडाका अध्यक्ष दुलालको भनाई छ ।

  • १८ जेष्ठ २०७८, मंगलवार ०८:२१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images