भारत।भारतमा एक महिनाभित्र १७ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । पेट्रोलियम पदार्थको पछिल्लो पटकको मूल्यवृद्धिसँगै भारतमा यसको मूल्यमा रेकर्ड कामय भएको छ ।
भारतको पेट्रोलियम कम्पनीले जारी गरेको नयाँ मूल्यअनुसार पेट्रोल २६ पैसा प्रतिलिटर र डिजल २३ पैसा महँगो भएको हो । १७ पटक मूल्यवृद्धिका क्रममा पेट्रोल ४.०९ रुपैयाँ प्रतिलिटर र डिजल ४.६५ रुपैयाँ प्रतिलिटरको दरले महँगो भएको हो ।
मूल्यवृद्धिसँगै दिल्लीमा पेट्रोल अहिलेसम्मकै सबैभन्दा महँगो मूल्य ९४.४८ भारतीय रुपैयाँ प्रतिलिटरका दरले बिक्री भइरहेको छ भने डिजल ८५.३८ भारतीय रुपैयाँ प्रतिलिटरमा बिक्री भइरहेको छ ।
ढुवानी र अलगअलग राज्यमा लाग्ने ट्याक्सका कारण पेट्रोल र डिजेलको मूल्य भारतका अलग-अलग ठाउँमा फरक-फरक छ । भारतको राजस्थानमा पेट्रोल र डिजलमाथि सबैभन्दा धेरै भ्याट असुली गरिन्छ यसपछि मध्य प्रदेश र महाराष्ट्रमा धेरै भ्याट उठाइन्छ ।