काठमाडौं उपत्यकामा थपिए १५ सय संक्रमित
  • CIA Khabar

  • काठमाडौं । पछिल्लो २४ घण्टाभित्र काठमाडौं उपत्यकामा १ हजार ५५८ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं‌मा १ हजार ६० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा २८३ र भक्तपुरमा २१५ जना संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ ।

    आज देशभर ६ हजार ८५ कोरोना संक्रमित थपिएका छन् । आज २० हजार १६५ नमुनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गरिएको छ।

  • १८ जेष्ठ २०७८, मंगलवार १८:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images