गुल्मीमा एकै दिन ३१ जनामा कोरोना संक्रमण पुष्टि, थप ३ जनाको मृत्यु
  • गोकर्ण पाण्डे

  • गुल्मी । गुल्मीमा थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।जिल्ला जन स्वास्थ्य कार्यालयका अनुसार बितेको २४ घण्टामा संक्रमित देखिएका छन्। जिल्लाको रेसुङा नगरपालिकामा १ जना, चन्द्रकोट गाउँपालिकामा ११ जना, सत्यवती गाउँपालिकामा १६ जना, इस्मा गाउँपालिकामा २ जना, गुल्मीदरबार गाउँपालिकामा १ जना गरि ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सगै गुल्मीमा कोरोना सकृय संक्रमित संख्या ६०७ पुगेको छ।

    त्यस्तै,पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमण मुक्त भएका छन्।अहिले सम्म कुल एक हजार ६२५ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ।

    गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ। सत्यवति गाउँपालीका वडा नम्बर ४ का ९८ वर्षिय पुरुष,सत्यवति गाउँपालीका वडा नम्बर ४२वर्षिय पुरुष, त्यस्तै कालीगण्डकी गाउँपालीका वडा नम्बर ७८ वर्षिय पुरुष, को कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

    यो सँगै दोस्रो कोरोना लहरका कारण गुल्मीमा मृत्यु हुनेको संख्या ८१ पुगेको छ।

  • १८ जेष्ठ २०७८, मंगलवार १९:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images