बजेट अधिवेशन र कोभिड माहामारीका विषयमा संसदीय दलका नेताहरुसँग छलफल
  • CIA Khabar

  • काठमाडौ । प्रदेश न १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरुसँग मंगलबार छलफल गरेका हुन् । उनले आगामी बजेट अधिवेशन र कोभिड माहामारीका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका संसदीय दलका नेताहरुसँग छलफल गरेका हुन् ।

    छलफलमा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र राष्ट्रिय जनता पार्टी संसदीय दलका नेता जयराम यादवको उपस्थिति थियो ।

    छलफलका क्रममा मुख्यमन्त्री राईले सरकारले केही दिन भित्रै संसद बैठक बोलाउन लागेको जानकारी दिए । सो क्रममा बढ्दो रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण, खोप र उपचारको विषयमा समेत छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएका छ ।

    सरकारले संसदबाटै बजेट प्रस्तुत गर्ने र अनावश्यक शंका नगर्न समेत विपक्षी दलका नेताहरुलाई उनले आग्रह गरेका थिए ।

  • १८ जेष्ठ २०७८, मंगलवार २१:१५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images