एनआईसी एशिया लघुवित्तले ब्याज रकमको १५% सम्म छुट प्रदान गर्ने
  • CIA Khabar

  • काठमाडौं । एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ऋणी सदस्यहरुलाई कूल ब्याज रकमको ८% देखि अधिक १५% सम्म छुट प्रदान गर्ने भएको छ ।

    भाखा नाघेका ऋणी सदस्यहरुलाई यहि जेठ मसान्तसम्ममा भुक्तानी गर्नुपर्ने कुल बक्यौता साँवा र ब्याज रकम संस्थालाई २०७८ जेष्ठ १८ गतेदेखि जेष्ठ ३१ गतेसम्ममा चुक्ता गरेमा कूल ब्याज रकमको ८% देखि अधिक १५% सम्म छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको हो ।

    यस वित्तीय संस्थाले गत आ.वा २०७६र०७७ मा समेत आफ्ना ग्राहकहरुलाई ५ करोड ९५ लाख ३३ हजार ४०४ रुपैयाँ ब्याज छुट प्रदान गरेको थियो । सोही आ.व.मा संस्थाले ९ करोड ३३ लाख २ हजार १९३ रुपैयाँ आयकर नेपाल सरकारलाई बुझाएको थियो ।

    ग्राहकमैत्री संस्थाको अवधारणा अनुरुप संस्थाले यस्ता ग्राहकमैत्री योजनाहरु समय समयमा सार्वजनिक गर्ने गरेको छ । संस्थाले यस पटक पनि कोभिड १९ को कारणले सृजित विषम परिस्थितीको सामना गर्न ग्राहकहरुलाई सहज होस् भन्ने अभिप्रायले यस्तो योजना ल्याइएको जनाएको छ ।

    गत महिनामा समेत २०७८ को बैशाख २४ गते देखि ३१ गते सम्मको अवधिमा विगतको भाखा नाघेको साँवा तथा ब्याज तिरी २०७८ बैशाख मसान्त सम्मको सम्पूर्ण लेना भुक्तानी गर्ने ऋणी सदस्यलाई सो अवधिमा संस्थालाई चुक्ता गरेको बक्यौता (तिर्न बाँकी रहेको) कुल ब्याज रकमको १०% छुट प्रदान योजना लागु गरी सो अनुसार बक्यौता तिर्ने १७९ शाखा कार्यालयहरूका ४,६७६ ऋणी सदस्यहरुलाई २०७८ वैशाख महिनामा छुट वापत प्राप्त गर्ने रकम १५ लाख १८ हजार २०२ रुपैयाँ ४७ पैसा उक्त ऋणीको बचत खातामा जम्मा गरिसकेको कम्पनीले जनाएको छ ।

  • १८ जेष्ठ २०७८, मंगलवार २१:१९ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images