जनगुनासो अत्याधिक बढ्दै गएपछि सरकार ‘एक्सन’मा
  • CIA Khabar

  • काठमाडौँ । कोभिड–१९ संक्रमितको उपचारको नाममा केही स्वास्थ्य संस्थाले अनावश्यक रुपमा अत्यधिक शुल्क असुल्ने गरेको जनगुनासो पछि सरकारले अस्पतालहरुलाई कडाई गर्न थालेको छ ।

    महाशाखा प्रमुख डा। मदनकुमार उपाध्यायका अनुसार ‘हेलो सरकार’ तथा विभिन्न सञ्चारमाध्यममा सर्वसाधारणले अस्पतालहरुमा चर्को शुल्क असुल गर्न थालिएको गुनासो गरेपछि सरकारले यस्तो कदम चालेको हो । अस्पतालहरुले अक्सिजनको शुल्क लिने, अनावश्यक परीक्षण गर्न लगाई बिरामीमाथि थप आर्थिक भार बढाउने, उपचारको लागि आवश्यक पर्ने सामग्रीहरुको बन्दोबस्त गर्न बिरामी आफैलाई लगाउने, आवश्यकता भन्दा बढी औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्न लगाउने गरेको गुनासो आएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    सरकारले कोभिड संक्रमितको उपचार गर्दै आएका सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई सात दिनभित्र सम्बन्धित अस्पतालबाट प्रवाह हुने सेवाको प्रकार, सोको लागत रकम, शीर्षकसमेत उल्लेख भएको मूल्यसूची र सञ्चालक समितिको आधिकारिक निर्णय आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको छ ।

  • १८ जेष्ठ २०७८, मंगलवार २१:४३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images