विकसित मित्रराष्ट्रहरुले खोप उत्पादक संस्थाहरुसँग आ–आफ्नो देशहरुको आवश्यकताभन्दा पनि बढी सङ्ख्यामा अग्रिम बुकिङ सुरक्षित गरेको अवस्थामा अग्रिम बुकिङ गर्न नसकेका नेपाल जस्ता देशहरुलाई बुकिङ भएको सङ्ख्या मध्येबाट खोप सुविधा उपलब्ध गराउन पनि सम्बन्धित मित्रराष्ट्रहरुसँग उहाँले अनुरोध गरेका छन्।
सभापति देउवाले कोभिड–१९ बाट सुरक्षित हुन, अनिवार्य मास्क लगायतका सुरक्षा व्यवस्था र संक्रमण रोकथामका लागि आवश्यक अन्य स्वास्थ्य सुरक्षा प्रोटोकलको अनुसरण गर्न पनि सम्पूर्णमा अनुरोध गरेका छन्।