उदयपुर । जिल्लाको देउणी र सुुकौरा स्वास्थ्य चौकीमा अक्सिजन सहितको आइसोलेशन निर्माण भएको छ । हिजो र आज गरी दुई स्थानमा पाँच पाँच वटा अक्सिजन सिलिण्डरसहितको आइसोलेशनको निर्माण सम्पन्न भएको छ ।
सुकौरामा ५ बेडको र देउणीमा १० बेडको आइसोलेशन सेन्टर निर्माण गरिएको हो । उक्त दुवै स्वास्थ्य चौकीमा निर्माण भएको आइसोलेशनमा सरकारको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगका कर्मचारीलाई कोरोना संक्रमण भई अस्पताल तथा अक्सिजनको समस्या भएको खण्डमा विशेष प्राथमिकता दिइने भएको उद्योगका महाप्रवन्धक गोपी न्यौपानेले जानकारी दिनुभयो । त्रीयुगा नगरपालिका, जिल्ला जनस्वास्थ्य, जिल्ला प्रशासन लगायत सबैको सहकार्यमा उक्त स्थानमा आइसोलेशन बेडको तयार भएको साथै उद्योगले समेत उक्त आइसोलेशन तयार गर्न विशेष सहयोग गरेको महाप्रवन्धक न्यौपालेले बतउनुभयो ।
उहाँले भन्नुभयो, ‘CSR अन्तर्गत हिजो र आज देउणी र सुकौरा स्वास्थ्य केन्द्रमा ५/५ वटा अक्सिजन सिलिण्डर राखिएको । सुकौरामा ५ र देउणीमा १० बेडको आइसोलेसन रुम तयार भएको । कथंकदाचित हाम्रा कर्मचारी बिमारी परी होम आइसोलेसनमा बस्न असहज परे विशेष प्राथमिकता हुने । आजै दुबै स्वास्थ्य केन्द्रलाई प्रशासन मार्फत ५/५ लिटर स्यानिटाइजर, २५० पीसको दरले मास्क र ५/५ वटा अक्सोमिटर प्रदान गरिएको छ । लागतको हिसाबले सानो तर मानवीय आस्थाको हिसाबले एउटा असल काम भएकोमा हामी उसिउलि परिवार गौरावान्वित छौं । सधै दिन पाइयोस, माग्नु नपरोस । केयर गरौ, तर नडराऔं । धन्यवाद सबै मित्रहरूमा !’