विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनमा बनेको कोरोना विरूद्धको थप एक खोपलाई अपतकालीन प्रयोगको अनुमति दिएको छ ।
चिनियाँ कम्पनी सिनोभ्याकले तयार पारेको उक्त खोपलाई अनुमति दिइएको हो । यससँगै अब चीनमा बनेका दुई खोपले अनुमति पाएका छन् ।
यसअघि डब्लूएचओले चिनियाँ कम्पनी सिनोफार्मले बनाएको खोपलाई प्रयोगको अनुमति दिएको थियो ।
विश्वभर यो खोप प्रयोगका लागि सुरक्षित भएको पनि डब्लूएचओले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनकी सहायक महानिर्देशक डा. मरियान्जेला सिमाओले भनेकी छन्- विश्वका लागि कोभिड- १९ का थुप्रै खोपको आवश्यकता छ, ता कि यसको असमानता हटाउन सकियोस् । हामी औषधिनिर्माताहरूलाई अनुरोध गर्दछौँ कि उनीहरूले कोभ्याक्समा साझेदारी गरून् ।