नेता थापाको मृत्युमा एमालेको श्रद्धाञ्जली
  • CIA Khabar

  • काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधनप्रति नेकपा (एमाले) ले शोक वक्तव्य जारी गरेको छ। नेता थापाको निधनले नेपाली राजनीतिक क्षितिजमा नयाँ आशा र नयाँ दृष्टिकोणसहित उदाउँदै गरेका एक राजनीतिक, सामाजिक व्यक्तित्व विवेकशील साझाका पूर्व संयोजकको असमायिक निधनको खबरले नेकपा एमाले स्तब्ध भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

    एमालेले थापाको राजनीतिक दर्शन नेपाली युवाहरुलाई प्रेरणाको स्रोत बनिरहने जनाएको छ । थापाको अभाव नेपाली राजनीतिक क्षेत्रले सँधै महशुस गर्ने भन्दै एक असल राजनीतिक मित्र गुमाउनु पर्दा नेकपा एमालेले उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । कोरोना संक्रमण भएपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएका ४४ वर्षीय थापाको आज निधन भएको थियो ।

  • १९ जेष्ठ २०७८, बुधबार १०:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images