एमालेले आज पनि बोलायो स्थायी कमिटी बैठक : के गर्ला निर्णय ?
  • CIA Khabar

  • काठमाडौ । आन्तरिक विवादको भुमरीमा फसेको सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटीको बैठक बुधबार पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा चार बजेलाई बैठक बोलाइएको स्थायी समिति सदस्य छविलाल विश्वकर्माले जानकारी दिए ।

    बैठकमा पार्टी एकताका लागि दोस्रो तहका नेताबीच भएका छलफलबारे ब्रिफिङ गर्ने तयारी छ । साथै बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उप निर्वाचनलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । नेता माधव नेपाल पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेकाले लगभग एकता टरिसकेको निश्कर्ष निकालेको ओली पक्षले एकताका लागि भन्दै अन्तिम समयसम्म पहल गर्ने मंगलबारको बैठकले निर्णय गरेको थियो ।

    यद्यपी एमाले एकता टरिसकेको निष्कर्षमा अध्यक्ष ओली र माधव नेपाल दुवै पुगिसकेका छन् । तर, यसअघि स्पष्टिकरण सोधिएका १२ जना नेतालाई कारवाही रोकेर ओली पक्षले उनीहरुलाई आफूतिर ल्याउने प्रयास गरिरहेको छ ।

  • १९ जेष्ठ २०७८, बुधबार ११:१० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images