पुलिसले कुट्याे भन्दै कोसी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित, प्रहरी भन्छ, ‘गालीगलाैज गरेकाले बल प्रयोग गरियो
  • CIA Khabar

  • मोरङ ।  आफ्ना एक सहकर्मीलाई प्रहरीले कुटपिट गरेपछि विराटनगरका स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रेका छन् । विराटनगरकाे कोसी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सिनियर अहेब अशोक राजवंशीलाई प्रहरीले कुटेकाे विराेधमा चिकित्सकहरूसहित स्वास्थ्यकर्मी आन्दोलित बनेका हुन् ।

    मंगलबार राति अस्पतालको काम सकेर घर फर्कँदै गर्दा राजवंशी प्रहरीबाट कुटिएका थिए । स्वास्थ्यकर्मीको परिचयपत्र देखाउँदा पनि प्रहरीले कुटपिट गरेको उनले बताए । ‘ड्युटी पूरा गरेपछि घर जाँदै गर्दा देवकोटा चौकमा प्रहरीले रोक भन्नुभयो’, उनले भने, ‘रोकिएपछि मलाई एक्कासि हातमा र तीघ्रामा भाटाले हान्न थाल्नुभयो ।

    आफू स्वास्थ्यकर्मी भएको जानकारी गराउँदासमेत रातको समयमा हिँडेकाे भन्दै कुटपिट गरेको उनले बताए । राजवंशीको खुट्टा र घुँडामा चोट लागेको छ ।

    घटनाकाे विराेधमा स्वास्थ्यकर्मीहरूले बुधबार विराटनगरमा प्रदर्शन गरेका छन् । कोरोना महामारीमा अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्दै नेपाल चिकित्सक संघ कोसीको अगुवाइमा कोसी अस्पतालमा स्वास्थ्यकर्मीले प्रदर्शन गरेका हुन् । स्वास्थ्यकर्मीले सुरक्षाको प्रत्याभूति गराउन माग गरेका छन् ।

    मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जाँचको क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेपछि बल प्रयोग भएको बताए । मोटसाइकल नरोकी अपशब्द बोल्दै अगाडि बढ्न खोजेपछि ड्युटीमा खटिएको प्रहरीले बल प्रयोग गरेको र घटनाको विषयमा थप बुझ्ने काम भइरहेको उनकाे भनाइ छ ।

  • १९ जेष्ठ २०७८, बुधबार १३:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images