श्रीमति कुटपिटको आरोप लागेका यी अभिनेता
  • CIA Khabar

  • मुम्बई (बलिउडलाइफ) । टेलिभिजन र फिल्म उद्योगसँग जोडिएका धेरै कलाकारहरु आफ्नो अभिनय क्षमताका कारण दर्शकमाझ रुचाइएका छन् । तर उनीहरुको निजी जिन्दगी भने ठिक विपरित छ ।

    घरायसी झगडा र विवादमा आइरहने यी कलाकारहरु दर्शकको नजरमा निजी जीवनमा गिरेका छन् । बलिउडमा यस्ता केही कलाकार छन्, जसलाई श्रीमतिमाथि कुटपिटको आरोप लागेको छ । यीमध्ये केहीले जेलको हावा नै खानुपरेको छ ।

    अभिनेता ओम पुरीले दुई विवाह गरे । तर, दुवै विवाह असफल भए । उनको दोस्रो पत्नी नन्दिता पुरीले आफ्नो किताबमा आफूमाथि ओमले हात उठाएको दाबी गरेकी छन् । उनका अनुसार यो मामला प्रहरीसम्म पुगेको थियो ।

    गत वर्ष अभिनेता नवाजुद्दीन सिद्धिकी र उनकी श्रीमति आलियाबीच निकै विवाद चर्किएको थियो । आलियाले नवाजुद्दीनलाई डिभोर्सको सूचना दिएकी थिइन् । आलियाले नवाजुद्दीनले आफूमाथि जबरजस्तीसँगै कुटपिट गर्ने गरेको आरोप लगाएकी थिइन् ।

    सन् १९७८ मा सञ्जय खानले जीनत अमानसँग दोस्रो विवाह गरेका थिए । विवाहको एक वर्षभित्रै यो जोडीबीच खटपट सुरु भयो । जीनतले सञ्जयमाथि कुटपिटको आरोप लगाएकी थिइन् ।

    शालीन भनोट र दलजीत कौरको पीडा उस्तै छ । फ्यानमाझ निकै रुचाइएका यी जोडी सन् २०१५ मा अलग्गिएका थिए । अलग्गिएपछि शालीनले आफूलाई कुट्ने गरेको दलजीतले बताएकी थिइन् ।

    अभिनेता नवीन निश्चलले गीताञ्जलीसँग दोस्रो विवाह गरेका थिए । विवाहको केही समयपछि गीताञ्जलीले आत्महत्या गरिन् । उनले सुसाइड नोटमा नवीनले आफूलाई नराम्रो व्यवहार गर्ने गरेको उल्लेख गरेकी थिइन् ।

    अभिनेत्री श्वेता तिवारी र उनका पति अभिनव कोहलीको सम्बन्ध सबैमाझ प्रष्ट आइसकेको छ । श्वेताले आफूमाथि पतिले कैयौं पटक कुटपिट गर्ने गरेको बताएकी छन् ।

    ‘ये रिश्ता क्या कहलाता हे’ फेम अभिनेता करण मेहरा पनि श्रीमति निशा रावललाई कुटपिट गरेको आरोपमा जेलको हावा खाइसकेका छन् ।

  • १९ जेष्ठ २०७८, बुधबार १८:३६ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images