अम्बाको पातको यस्ता फाइदा
  • CIA Khabar

  • हामीले अम्बा खाइरहँदा त्यसको पातको वास्ता गरेका हुदैनौं । तर, अम्बाको पातको रस मानव स्वास्थ्यका लागि फाइदाजनक रहेको अध्ययनहरुले देखाएका छन् ।

    यी हुन् अम्बाको पातको रस पिउनुका फाइदाहरु 

    अम्बाको पात पानीमा उमालेर पिएमा कलेजोलाई निकै फाइदा गर्छ । यसले कलेजोलाई सफा गर्ने काम गर्दछ ।

    अम्बाको पातले छालादेखि कपालसम्मलाई फाइदा मिल्छ ।

    यदि तपाईं कपाललाई लामो बनाउन वा छिटो बढाउन चाहनुहन्छ भने पनि अम्बाको पात उपयोगी हुन सक्छ ।

    अम्बाको पात पिसेर शरीरका विभिन्न जोर्नीमा लगाएमा जोर्नी दुख्ने, सुन्निनेलगायतका समस्या समाधान गर्छ यसले दाँत, घाँटीको दुखाइलाई पनि निको पार्दछ ।

    अम्बाको पातबाट बनेको चिया मधुमेहका रोगीका लागि लागि निकै फाइदाजनक हुन्छ ।

    अम्बाको पातको रस निकालेर नियमित सेवन गर्नाले शरीरको तौल कम गर्न सकिन्छ ।

    साथै कपाल र छाला स्वास्थ्य बनाउन पनि यसको प्रयोग उपयोगी हुन्छ ।

    ४० ग्राम अम्बाको पात र दुई चम्चा चामलको पिठोमा पानी हालेर उमालेर पिएमा पखाला कम गराउँछ ।

    अम्बाको पात सेवनले पाचन प्रणालीलाई सक्रिय बनाउन सहयोग गर्छ ।

  • १९ जेष्ठ २०७८, बुधबार १९:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images