यूएईद्वारा नेपाललाई १५० भेन्टिलेटरसहित १२ टन स्वास्थ्य सामग्री सहयोग
  • CIA Khabar

  • दोहा। संयुक्त अरब इमिरेट्स (यूएई) ले कोरोना भाइरसको दोश्रो लहरविरूद्ध लड्न नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

    यूएईस्थित नेपाली दूतावासका अनुसार यूएई सरकारले १५० भेन्टिलेटरसहित १२ टन अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

    उक्त स्वास्थ्य सामग्री एक विशेष विमानमार्फत बुधवार काठमाडौं पठाइएको दूतावासले जनाएको छ ।

    केहि दिनअघि मात्र परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र यूएईका परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सहायता मन्त्रालयका अहमद बिन अली अल सायदबीच भएको भर्चुअल बैठकमा यूएईले चाँडै विशेष विमानमार्फत स्वास्थ्य सामग्री पठाउन लागेको जानकारी गराएको थियो ।

    युएई सरकारले गतवर्ष अप्रिलमा पनि नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो।

  • १९ जेष्ठ २०७८, बुधबार १९:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images