ओलि सरकारको तराई–मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र फिर्ता गर: काँग्रेस
  • CIA Khabar

  • काठमाडौं । नेपाली काँग्रेसले चुरे दोहन गरेर तराई–मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र भएको भन्दै फिर्ता गर्न माग गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस विज्ञप्ति जारी गर्दै सरकारबाट देशको तराई–मधेस क्षेत्रलाई भविष्यमा मरुभूमि करण गर्ने गम्भीर षड्यन्त्र भएको बताए ।

    ‘विगतमा चुरे क्षेत्रबाट ढुंगा, गिटी, बालुवा उत्खनन गरिँदा त्यसले पानीका स्रोतहरु सुक्न थालेको, भू–क्षय बढेको र समग्रमा पर्यावरणलाई गम्भीर असर परेको अध्ययन विश्लेषण गरिएका हुन् । विगतका गल्ती सच्याएर अघि बढ्न निश्चित गरिएको नीतिलाई विस्थापित गरेर पुनः दोहनलाई प्रोत्साहन सामान्य गल्ति होइन, प्रकृति विरुद्धको अपराध र देशको तराई–मधेस क्षेत्रलाई भविष्यमा मरुभूमि करण गर्ने गम्भीर षड्यन्त्र हो,’ विज्ञप्तिमा भनिएको छ ।

    सरकारले संसद विघटनको असंवैधानिक कदम चालेको समयमा बजेट वक्तव्य मार्फत चुरे दोहनलाई मार्ग प्रशस्त गर्न लिएको नीतिलाई काँग्रेसले गम्भीर रूपमा देउवाले बताए । ‘व्यापार घाटा न्यूनीकरण गर्न’ भन्ने नारा दिएर ढुंगा, गिटी, बालुवा निकासीको कार्यक्रम ल्याउनु ‘खरानीको व्यापार गर्न घर जलाए जस्तो’ भएको देउवाको भनाइ छ ।

    ‘नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले ‘राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति’ गठन गरेर चुरे क्षेत्रको दोहन रोक्न र चुरे संरक्षण गर्न विकास समिति मार्फत विभिन्न मापदण्ड निर्धारण गरेको थियो,ु विज्ञप्तिमा भनिएको छ, ढुंगा, गिटी, बालुवा उत्खनन र निकासीमा रोक लगाएको थियो । सो निति र निर्णयलाई विस्थापित गर्दै ‘ब्यापार घाटा न्यूनीकरण गर्न’ भन्ने नारा दिएर ढुंगा, गिटी, बालुवा निकासीको कार्यक्रम ल्याउनु ‘खरानीको व्यापार गर्न घर जलाए जस्तो’ मात्रै हो ।’

    व्यापार घाटा न्यून गर्न तराई–मधेस र समग्र देशलाई नै दीर्घकालीन असर पर्ने कदम चाल्नु स्वीकार्य हुन नसक्ने काँग्रेसको ठहर छ । ‘नेपाली कांग्रेस ढुंगा, गिटी, बालुवा निकासी गर्नेगरि हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै ल्याइएको राष्ट्रका लागि दुरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिन चाहन्छ,’ देउवाले भने ।

  • १९ जेष्ठ २०७८, बुधबार २१:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images