नेपाल-खनाल पक्षले बोलायो एमाले केन्द्रीय समिति बैठक
  • CIA Khabar

  • काठमाडौ । नेकपा एमालेको खनाल नेपाल पक्षले केन्द्रीय समिति बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्न बैठक बोलाएको खनाल नेपाल पक्षका नेता युवराज ज्ञवालीले जानकारी दिए । उनका अनुसार कोभिड–१९ का कारण भर्चुअल रुपमा बैठक बस्नेछ । बैठक बिहीबार बिहान ११ बजेलाई तोकिएको छ ।

    अध्यक्ष ओलीका कारण एमाले एकता टर्दै गएको निष्कर्षमा पुगेको सो समुहका नेता माधव नेपालले सोमबार यता विभिन्न जनवर्गीय संगठनका कार्यकर्तासँग भर्चुअल छलफल गरेका थिए । ती छलफलमा आएका सुझावसहित नयाँ पार्टी गठनबारे केन्द्रीय समिति बैठकमा समेत छलफल गरिने नेताहरुले बताएका छन् ।

  • १९ जेष्ठ २०७८, बुधबार २१:१३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images