कोरोना जित्दै कर्णाली : एकैदिन ६१० जना संक्रमण मुक्त, थप ३ जनाको मृत्यु
  • CIA Khabar

  • सुर्खेत ।  कर्णालीमा विगत केही समयदेखि निरन्तर डिस्चार्ज हुनेको संख्या बढ्दै गएको छ । हिजो १८  गते ४४९ जनाले कोरोना जितेकोमा आज एकैदिन थप ६१० जनाले कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन् ।  योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्यामा समेत कमी आएको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।

    आज ३५९ जनामा गरिएको आरटी पीसिआर विधिबाट गरिएको परीक्षणबाट १५१ जना र ६५७ जनामा गरिएको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट १९० जनामा कोरोना भाइरस पुष्टि भएको छ ।  आज ४४० जना थप आइसोलेशनमा थपिएका छन् भने सक्रिय संक्रमितको संख्या ४ हजार ९२९ जना रहेका छन् । यस्तै आज थप तीन जनाको मृत्यु भएको छ । हिमाली जिल्ला मुगुमा एक र सुर्खेतमा २ जना गरी ३ जनाको  कोरोनाबाट मृत्यु भएको छ । यो सँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।

  • १९ जेष्ठ २०७८, बुधबार २१:२६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images