समुदायस्तरमा कोरोना जाँच बढाइयो
  • CIA Khabar

  • काठमाडौँ । प्रदेश सरकारले एन्टिजेन किट पठाएपछि जिल्लामा कोरोना जाँच बढाइएको छ ।

    जिल्लामा किट अभावका कारण कोरोना परीक्षण पर्याप्त हुन नसकेको अवस्थामा प्रदेश सरकारबाट आठ हजार किट प्राप्त भएपछि समुदायस्तरमा परीक्षण बढाइएको हो ।

    जिल्लामा एन्टिजेन किटको अभावमा कोरोना परीक्षणको दायरा बढाउन नसकेको अवस्थामा प्रदेशबाट प्राप्त उपकरण स्थानीय तहमा पठाएर परीक्षण बढाइएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए ।

    समुदायस्तरमा सङ्क्रमण फैलिएको र गाउँगाउँमा लक्षण देखिएका बिरामीको सङ्ख्या बढेसँगै कोरोना परीक्षणको दायरा बढाइएको उनले भनाइ छ ।

    प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले प्रदेश सरकारका तर्फबाट जिल्लामा रु दुई लाख ४१ हजार ६८५ बराबरका आठ हजार थान एन्टिजेन किटसहित स्वास्थ्य सामग्री पठाएका थिए । प्राप्त सामग्री जिल्लाका अस्पताल, स्थानीय तह र स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलशेखर अर्यालले बताए ।

  • १९ जेष्ठ २०७८, बुधबार २३:३१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images