मुख्यमन्त्री पोखरेलद्वारा पाँच पूर्वप्रधानमन्त्रीको नियतीमाथि गंभिर प्रश्न
  • CIA Khabar

  • काठमाडौँ । लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पाँच पूर्वप्रधानमन्त्रीको नियती माथि गंभिर प्रश्न चिन्ह खडा भएको बताउनुभएको छ ।

    पाँच पूर्वप्रधानमन्त्रीहरुमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेबाट निश्कासित माधवकुमार नेपाल, झलनाथ खनाल, जसपाका नेता बाबुराम भट्राईलाई लक्षीत गर्दै उहाँले पाँच पूर्वप्रधानमन्त्रीहरुको नियातीमाथि प्रश्न उठाउनुभएको हो । सरकारले आर्थिक वर्ष २०७८/८९ को बजेटमा खानीजन्य पदार्थको निकासी गरी बजेट घाटालाई पुरताल गर्ने नीति लिएकोमा पाँच पूर्वप्रधानमन्त्रीहरुले आपत्ती जनाउनुभएको थियो । सोही प्रशंगमा चुरे दोहन तथा विनाश हुने गरी ढुङ्गा, गिट्टी, बालुवा निकासी नगरिने समेत स्पष्ट पारीसकेको छ ।

    सोही प्रशंगमा मुख्यमन्त्री पोखरेलले सरकारले सरकारले चुरे दोहन तथा विनाश हुने गरी खानी जन्य पदार्थको निकासी नहुने प्रष्ट हुँदा हुँदै पनि पूर्वप्रधानमन्त्रीहरुले बक्तव्यवाजी गर्नु दुखद् भएको बताउनुभयो । उहाँले सरकारले लिएको नीति एकातिर प्रचार अर्कै तिर गरिएको भन्दै गुनासे समेत व्यक्त गर्नुभयो । उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘खानीजन्य पदार्थको निकासीका वारेमा बजेटको उद्देश्य एकातिर, मुलुकका पूर्वप्रधानमन्त्रीको विरोध वक्तव्य अर्कातिर । कठै हाम्रो नियती ?’

  • १९ जेष्ठ २०७८, बुधबार २३:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images