काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को प्रभावशाली युवा संगठन राष्ट्रिय युवा संघ नेपालले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
संघको काठमाडौँ जिल्ला कमिटीको आयोजनामा आज काठमाडौँ महानगरपालिका वडा नं. २ लाजिम्पाटमा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको हो । विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण धेरै विरामीले रगत नपाइरहेको अवस्थालाई मध्यनजर गर्दै संघले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
उक्त रक्तदान कार्यक्रममा एक सय दई जनाले रक्तदान गरेका छन् । मानविय सेवा नै धर्म भएको उल्लेख गर्दै जसले जे सक्छ त्यही सहयोग गर्न अपिल समेत गरिएको छ । मुलुकमा आउने जस्तोसुकै संकटमा अग्रभागमा रहने युवा संघले कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि समेत विशेष भूमिका निर्वाह गर्दै आइरहेको छ । संघले अबका दिनमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि आक्रामक रुपमा जनताको सेवामा समर्पित हुन घोषणा समेत गरिसकेको छ । सोही घोषणा अनुसार नै आजको कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।
वडा नं. २ का अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सांसद नारायण सिलवाल प्रमुख अतिथिको रुपमा रहनुभएको थियो । रक्तदान कार्यक्रममा केन्द्रीय सदस्य ललेंद्रा राइ, संघका जिल्ला उपाध्यक्ष प्रबिन श्रेष्ठ, ज़िल्ला सदस्य सोनाम शर्पा, गणेश शर्पा, अमर तमांग, एमाले सदस्य राजेस महर्जन, निर्मल नकर्मी, असोक पारियार, कांग्रेस सदस्य अंदिप खरेललगायतका युवाहरुको सक्रिय सहभागिता रहेको थियो ।