काठमाडौँ, १९ जेठ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण तिव्र वनिरहेको समयमा नेपाल सरकारले अर्थतन्त्रको शिघ्र पुर्नउत्थान गर्न पर्यटन क्षेत्रलाई विशेषण रणनीतिका साथ अगाडी बढेसँगै नेपालका पर्यटन व्यवसायीमा उत्साह छाएको छ । विश्वको अर्थतन्त्र नै कोरोनाका कारण धरायासी बनिरहेको समयमा नेपाल सरकारले २०७८/०७९ को बजेट तथा नीतिमा मानवीय जीवनको रक्षाको साथ साथै अर्थतन्त्रको विकासलाई महत्वपूर्ण स्थानमा राखेको छ । सरकारले नेपाललाई अकर्षक, रमणीय तथा सुरक्षित पर्यटकीय गन्तव्यको रुपमा अगाडी बढाउने नीति लिएको छ । नेपाल सरकारका कर्मचारीलाई १० दिन पर्यटन प्रवद्र्धन तथा घुमफिरको लागि विदा समेत दिने नीति लिएको छ । त्यस्तै पर्यटन व्यवसायीलाई ५ प्रतिशतको सहुलियत दरमा ऋण दिने व्यवास्था समेत गरेको छ । जसले गर्दा कोरोनाले ओरालो लागेको व्यवसाय अबका दिनमा अझ व्यवस्थित र प्रभावकारी ढंगले अगाडी बढ्ने व्यवसायीले बताए । त्यस्तै व्यवसायमा अति वढी आवश्यक पर्ने मेलम्चीको पानी ल्याएको साथै प्रति महिना २० हजार लिटर सम्मको निशुल्क गर्ने सरकारले नीति लिएको छ । जसले गर्दा पनि व्यवसायीमा थप सहज हुने देखिएको छ ।
मुलुकको आर्थिक वृद्धिदरको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रलाई व्यवस्थित र प्रभावकारी ढंगले अगाडी बढाउन सके मुलुक पाँच वर्षमा नै ठूलो फड्को मार्ने पर्यटन व्यवसायीहरुले बताउने गरेका छन् । ठमेल पर्यटन विकास परिषद्का महासचिव ध्रुव अधिकारी भन्नुहुन्छ, ‘सरकारले ल्याएको बजेट तथा नीतिले पर्यटन क्षेत्रको सम्भावनाको ढोकालाई खुल्ला गरिदिएको छ । कारोनाले थलिएका पर्यटन व्यवसायीमा आशाको दियो बलेको छ । व्यवसायीको अभिभावकत्व ग्रहण गर्ने गरी सरकारले नीति लिएको छ । जसमा व्यक्तिगत स्वार्थी बाहेकले आलोचना गर्ने कुरै छैन । अबका दिनमा सरकारको सहयोगीको रुपमा पर्यटन व्यवसायीले काम गर्नुपर्छ । जसले गर्दा व्यवसायी तथा सरकारलाई समान रुपमा अगाडी बढ्न सहयोग पुगोस् । नेपाल सरकारलाई जयजयकार छ पर्यटन व्यवसायीको तर्फबाट ।’
सरकारको नीति अनुरुप नै राष्ट्र वैंकले पनि व्यवसायीलाई राहत दिएका कारण पर्यटन व्यवसायीको मुहारमा खुसी छाएको छ । कारोनाको कहरका बिच पनि राष्ट्र वैंकको नीति अनुरुप व्यवसायीले आफ्नो गतिविधिलाई सामान्य तवरले अगाडी बढाउन शुरु गरिरहेका छन् ।
व्यवसायीले आफ्नो व्यवसाय सञ्चालन गर्न आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमन अनिवार्य हुन्छ । पछिल्लो समय देशका अधिकांस ठाउँहरुमा निषेधाज्ञा भएका कारण पुन व्यवसाय सेलाउँदै गएको छ । तर सरकारको उत्कृष्ट नीतिका कारण निषेधाज्ञा खुल्ला हुनसाथ व्यवसायले फड्को मार्ने महासचिव अधिकारीले बताउनुभयो । निषेधाज्ञाको समयमा व्यवसायलाई सञ्चालन गर्न कठिन भएको साथै कोरोना संक्रमितको लागि आइशोलेसन बनाइ सरकारलाई सहयोग गरेमा उक्त होटल तथा व्यवसायीको लागत खर्च सकेत सरकारले व्यहोर्ने नीति लिएको छ । जसले गर्दा एका तर्फ व्यवसायीलाई राहत भएको छ भने अर्का तर्फ सरकारलाई आइशोलेसनको लागि आवश्यक ठाउँको व्यवस्थापनमा सहज हुने छ ।
लकडाउन मात्रै कोरोना रोकथाम तथा नियन्त्रणको उपाय नभई समय सापेक्ष रुपमा परिवर्तन गर्दै जानुपर्ने व्यवसायीको जोड रहेको छ । सवारी साधनलाई खुल्ला, आन्तरिक तथा वाह्य हवाई क्षेत्रको खुल्ला गर्नुपर्नेमा व्यवसायीको जोड रहेको छ । नेपालको पर्यटन विकास तथा आर्थिक वृद्धिदर उच्च बनाउनको लागि नेपालले छिमेकी मुलुक भारत र चीनलाई मात्र उच्च प्राथमिकता तथा सहुलियतको व्यवस्था गरे नेपालले धान्नै नसक्ने गरी पर्यटकको आवागमन हुने छ । दुवै देशको २ प्रतिशत जनसंख्यालाई नेपाल भ्रमणको व्यवस्था गर्न सके अहिलेको नेपालको पर्यटन क्षेत्रको व्यवस्थापनले धान्न कठिन हुने छ ।
‘चीन र भारतको जम्मा जनसंख्याको दुई प्रतिशतलाई नेपाल भित्र्याउन सफल भए नेपालमा आर्थिक उन्नती तथा रोजगारीमा कायापलट हुन्छ । नेपाली युवा रोजगारीको लागि विदेश जाने हैन, विदेशी युवा नेपालमा रोजगारीको लागि आउनेछन् ।’ महासचिव अधिकारी भन्नुहुन्छ ।
कोरोनाका सहज परिस्थिती बन्दै गएसँगै सरकारले नेपाल र भारतको हवाई उडानलाई सहज बनाई पर्यटन प्रवद्र्धनका लागि योजना अगाडी बढाउनु पर्ने उहाँको जोड रहेको छ । विशेष प्याकेजको व्यवस्था गरी आफ्नो देशमा भन्दा सहज हुने गरी नेपाल भ्रमणमा आउने वातावरण तयार गर्नुपर्छ, जसले गर्दा पर्यटन तथा आफ्नो जीवनको विशेष दिन नेपाल गएर मनाउने भन्ने छाप विदेशी नागरिकमा बनाउन सके आर्थिक वृद्धिदरमा कायापलट हुने महासचिव अधिकारीको दावी रहेको छ ।