एमालेमा नफर्कने माधवको घोषणा : एकता गर्न जुटेका आफ्नै समुहका चार नेतामाथि गम्भीर आक्षेप
  • CIA Khabar

  • काठमाडौं । नेकपा एमालेका पूर्वबरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली जतिसुकै लच कबनेपनि आफू एमालेमा नफर्कने घोषणा गर्नुभएको छ । पार्टी एकताका लागि जुटनुभएका आफ्नै समुहका चार नेतामाथि गम्भीर आक्षेप लगाउँदै नेता नेपालले आफू एमालेमा नफर्कने र नयाँ पार्टी गठन गरी माओवादीसँग एकता गर्ने घोषणा गर्नुभएको हो ।

    ‘हाम्रो केही मान्छेहरुको नियत ठीक भएन, उनीहरु हामीलाई घात गर्न र कमजोर पार्न लागेका छन, तर त्यसमा म फस्नेवाला छैन,’ आफू पक्षधर जनसंगठनका पदाधिकारीहरूको भर्चुअल बैठकलाई आज सम्वोधन गर्दै नेता नेपालले भन्नुभयो, ‘जनप्रतिनिधिहरूको कुराले अड्किए पनि पार्टी पुनर्गठनबाट म पछि हट्नेवाला छैन ।’ पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेता नेपालले स्थानीय तह र प्रदेशमा निर्वाचित जनप्रतिनिधिहरूको पद जाने भएको कारण मात्रै नयाँ पार्टी दर्ताको प्रक्रियामा विलम्ब भएको जानकारीसमेत गराउनु भएको छ ।

    नेपाल समुहमा भीम रावल, डा. बिजय पौडेल, अष्टलक्ष्मी शाक्य, राजेन्द्र राई, रामकुमार झाँक्रीलगायतका नेताहरु तत्काल पार्टी गठन गरी माओवादीमा मिल्नुपर्ने पक्षमा उभिएका छन । सोही समुहका कारण नेपाल पछिल्लो समय आफूले केही पनि पद प्राप्त गर्न नसकिने निश्कर्षसहित आफ्नै पक्षका प्रभावशाली नेताले मिल्न दवाव दिँदा पनि अस्वीकार गर्दै आउनु भएको छ । उहाँले आजको बैठकमा त एमालेलाई एकजुट बनाउन लाग्नुभएका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र योगेश भट्टराईमाथि नै गम्भीर आक्षेप लगाउनु भएको छ ।

    ‘विभाजनले नभइ गलत प्रवृत्ति र रबैयाले पार्टी सकिएको छ । म तयार छु नयाँ पार्टी खोल्न । जनप्रतिनिधिहरूको कुराले अलि अड्किएका छौं । तर पनि पछि हटेको छैन । कुनै पनि बेला निर्णय हुन्छ’, बैठकमा सहभागी जनसंगठनका एक नेताले जनताटाइम्ससँग भने । उनका अनुसार आफूले नयाँ पार्टी गठन गर्नकै लाग देशभर समानात्नर कमिटी बनाएको भन्दै एमालेमा फर्कने कल्पना गर्न नहुने निर्देशनसमेत दिनुभयो । बैठकमा सम्बोधनको क्रममा नेपालले आफूलाई एमालेका दोस्रो पुस्ताको साथ नरहेको घोषणासमेत गर्नुभयो ।

    ‘दोस्रो पुस्ता भरपर्दाे देखिएन, साथ पनि नहुन सक्छ तर नेता नेपालले पार्टीभित्रका चार पुस्तामध्ये तेस्रो र चौथो पुस्ता मलाई साथ दिन तयार छ,’ नेपालको भनाई थियो, ‘त्यसमा चौथो पुस्ता तपाईंहरू भइहाल्नुभयो ।’ बैठकका सहभागीहरूले एमाले मिल्ने भन्दै बार्ता गरेकोमा नै आपत्ति जनाएपछि नेता नेपालले बार्तामा जाने नेताहरुलाई ‘आयाराम गयारामहरु’ को संज्ञा दिनुभएको थियो ।

  • २० जेष्ठ २०७८, बिहीबार ००:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images