एमालेको पुरानो कमिटी ब्युँताउन अध्यक्ष ओली तयार, यस्तो छ बटमलाइन
  • CIA Khabar

  • काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार हुनुभएको छ । कांग्रेस र माओवादी नेतृत्वको बिपक्षी गठबनधनमा सहभागी माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताई पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको घोषणा गर्न अध्यक्ष ओली सहमत हुनुभएको हो ।

    विवाद मिलाउन सक्रिय आफू पक्षधर नेताहरूसँग अध्यक्ष ओलीले आफू पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन तयार रहेको तर त्यसका लागि नेपाल समूह पार्टीमै रहने विषयमा विश्वासिलो आधार बन्नुपर्ने बटमलाइन सुनाउनु भएको एमाले स्थायी कमिटीका एक नेताले जनताटाइम्सलाई जानकारी दिए । ती नेताका अनुसार अध्यक्ष ओलीले माधव समुह एमालेमै रहने ग्यारेण्टीलाई पहिलो प्राथमिकता दिनुभएको छ । यसो भएमा वक्तव्य निकालेर पार्टी पुरानै अवस्थामा फर्किएको घोषणा गरी त्यति बेलाको स्थायी कमिटीको बैठक राख्न आफू तयार रहेको जानकारी अध्यक्ष ओलीले गराउनु भएको हो ।

    अध्यक्ष ओलीको यो सन्देश नेपाल समूहका तर्फबाट मध्यस्थता गरिरहेका दोस्रो पुस्ताका नेतालाई गराइएको छ भने बार्तामा सहभागी नेपाल समुहका नेताहरुले नेता नेपाललाई मनाउन प्रयास थाल्नुभएको छ । पछिल्लो समय नेता नेपाल एकता भन्दा बिभाजनतिरै लाग्नुभएको कारण सो समुहका नेताहरुले मनाउन सकिरहनु भएको छैन । स्रोतका अनुसार नेता नेपाल एमालेमै रहँदा भविश्यमा आफूले के पाउने भन्ने मुल प्रश्न उठाइरहनु भएको छ । नेता नेपालले पार्टी एकता बचाउने जिम्मेवारी लिएका सबै नेतालाई एक साताभित्र निक्र्योलमा पुग्न आइतबार निर्देशन दिनुभएको खुलासा गरिसक्नु भएको छ । ‘ओलीसँग सहज लाग्छ भने मलाई भन्नु केही छैन होइन भने विवाद मिलाउने कुरा गरेर अलमल नगर्नुस् भनेको छु’, आफू निकट रहेका विद्यार्थीको बैठकमा नेता नेपालको भनाई थियो ।

    एकता बचाउने कोसिसमा रहेका नेता गोकर्ण बिष्टलाई सहमति गर्ने वा नगर्नेबारे प्रधानमन्त्री केपी ओलीसँग अन्तिम छिनोफानो गर्न निर्देशन दिएको सन्दर्भ नेपालले जोडनु भएको हो । त्यसपछि ओलीले सोमबार बस्ने भनिएको स्थायी कमिटी बैठक मंगलबारलाई सार्नुभएको थियो भने सोही अनुसार मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पनि जेठ १० गते स्पष्टीकरण सोधिएका नेतालाई थप कारबाही गर्ने विषयमा कुनै छलफल नगरी अन्तिमसम्म एकता बचाउन प्रयाश गर्ने निर्णय लिएको छ ।

    एमाले मिलाउन सोमबार साँझ काठमाडौंको याक एन्ड यती होटलमा दुवै पक्षका नेताबीच भएको संवादमा पार्टीलाई कुनै पनि हालतमा विभाजनको बाटोमा लैजान नहुने र यसका लागि ओली र नेपाललाई सहमति गराउने प्रतिबद्धता व्यक्त भएको थियो। संवादमा एमाले संस्थापनबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल समुहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण बिष्ट सहभागी हुनुभएको थियो ।

    स्रोतका अनुसार सो छलफलमा ‘यसबीचमा भएगरेका कार्यलाई कमजोरीका रूपमा स्विकार्ने, अब आइन्दा यस्ता कमजोरी नगर्ने, पार्टी विधि र विधानअनुसार सञ्चालन गर्ने’ बेहोरा राखी ओली र नेपालले संयुक्त वक्तव्य जारी गर्नेसम्मको बिषयमा छलफल भएको छ । संवादमा प्रगति भएकै आधारमा नेता नेम्वाङले केही दिनभित्रै सकारात्मक परिणाम आउने बिश्वास ब्यक्त गर्नुभएको छ ।

  • २० जेष्ठ २०७८, बिहीबार ००:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images