खनाल–नेपाल समूहले बोलाएको बैठक कानुन र पार्टी विधान विपरीत हो, सहभागी नहुनू
  • CIA Khabar

  • काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले खनाल–नेपाल पक्षले असंवैधानिक तवरले बैठक बोलाएको भन्दै सहभागी नहुन निर्देशन जारी गरेको छ ।

    नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले बिहीबार भर्चुअल बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गरेर केन्द्रीय सदस्यहरूलाई सहभागी नहुन निर्देशन दिनुभएको छ । नेपालसहितका ११ जनालाई एमालेले पार्टीबाट नै निश्कासित गरिसकेको छ । पार्टीबाट नै निश्कासित भइसकेको व्यक्तिले पार्टीको नाम र झण्डाको समेत दुरुपयोग गरेको भन्दै एमालेले केही समय अगाडी देखी नै आपत्ती जनाउँदै आएको छ ।

    उहाँले भन्नुभएको छ, “अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा (एमाले)को वैधानिक व्यवस्था विपरित पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ, त्यस्तो कृयाकलापको निन्दा एवम् भत्र्सना गर्दछु । पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरुलाई पार्टीको विधान र मुलुकको कानून विपरितको त्यस्ता कृयाकलापमा सहभागी नहुन सुचित गर्दछु ।”

  • २० जेष्ठ २०७८, बिहीबार ०८:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images