माधव नेपालले बाेलाएकाे केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन ओली पक्षको निर्देशन
  • CIA Khabar

  • काठमाडौं ।।एमाले केपी ओली पक्षले माधव नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यहरूलाई सचेत गराएकाे छ ।

    एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गरी पार्टीबाट निकालिएका व्यक्तिले केन्द्रीय कमिटी  बैठक बोलाएको भन्दै निन्दासमेत गरेका छन् ।

    ‘अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा (एमाले)को वैधानिक व्यवस्थाविपरीत पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ । त्यस्तो कृयाकलापको निन्दा एवं भर्त्सना गर्दछु’, विज्ञप्तिमा भनिएको छ, ‘पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरूलाई पार्टीको विधान र मुलुकको कानुनविपरीतको त्यस्ता कृयाकलापमा सहभागी नहुन सूचित गर्दछु ।’

    पार्टीबाट निष्कासित माधव नेपालले आफूपक्षीय केन्द्रीय कमिटी बैठक बोलाएका छन् । आज बिहान ११ बजे जुममार्फत हुने बैठकमा नयाँ पार्टीबारे छलफल हुने बताइएको छ ।

  • २० जेष्ठ २०७८, बिहीबार ०९:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images