जिल्लाबाहिरबाट आउनेलाई १४ दिन लेक पठाउने बाजुराका चार स्थानीय तहकाे निर्णय
  • CIA Khabar

  • बाजुरा । बाजुरामा पूर्वाेत्तर क्षेत्रका चार वटा स्थानीय तहले जिल्लाबाहिरबाट आएकालाई सिधै घर गएर बस्न नदिने निर्णय गरेका छन् । बूढीनन्दा नगरपालिका, हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका र स्वामिकार्तिक खापर गाउँपालिकाले गरेकाे यस्ताे निर्णयसँगै अब जिल्ला बाहिरबाट आएकाहरूले गाउँबाट टाढा लेकमा १४ दिन बिताउनुपर्ने छ ।

    ‘यहाँका सबै स्थानीयवासी ६ महिना बेसी र ६ महिना लेककाे घरमा बस्ने गरेका छन् । छुट्टै आइसोलेसन बनाउनुभन्दा बाहिरबाट आएकाहरूलाई लेकतिरका खाली घरमा केही दिन राख्ने, त्यसपछि समुदायमा आउन पाउने प्रबन्ध गर्दा सहज हुन्छ भन्ने लागेर यस्ताे निर्णय गरिएकाे हाे’, स्वामीकार्तिक खापर गाउँपालिका–१ का अध्यक्ष जनक रोकायाले भने ।

    उनका अनुसार गत वर्ष ठूलै रकम खर्चेर क्वारेन्टाइन बनाइए पनि व्यवस्थापन गर्न नसकेर समस्या परेकाले नयाँ बाटाे अपनाइएकाे हाे ।

    हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले भने, ‘लेकतिरका घर अहिले खाली छन् । यसाे हेरदेख पनि हुन्छ । त्यहाँ लगाएको खेतीपाति पनि वन्यजन्तुबाट जाेगिन्छ । यता, गाउँपालिकाकाे खर्च पनि कम हुन्छ । काेराेनाकाे जाेखिम पनि घट्छ ।

    यस वर्ष क्वारेन्टाइनकाे साटाे आइसोलेसन बेड र अस्पताल व्यवस्थापनमा जाेड दिएकाे मल्लले बताए ।

    स्वामीकार्तिक खापर गाउँपालिका–४ वाईका नानीप्रसाद जोशीले भने, ‘पोहाेर साल गाउँमा मानिसहरू धमाधम गाउँ आएर घुम्ने गर्नाले कोरोनाकाे फैलाहट बढेकाे थियाे । यस वर्ष त्यस्तो जोखिम कम भयाे । लेकतिरको घरको सुरक्षा पनि भयो । गाउँलेहरू पनि .जोगिए। यो राम्रो उपाय हाे ।

    प्रहरी नायब उपरीक्षक मदनजित महराले यस वर्ष पूर्वाेत्तर क्षेत्रका स्थानीय तहले गरेको व्यवस्थापनले सुरक्षामा पनि सहज भएकाे बताए । उनका अनुसार क्वारेन्टिनमा सुरक्षा दिन गएको वर्ष हम्मेहम्मे परेकाे थियाे ।

  • २० जेष्ठ २०७८, बिहीबार १०:१४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images