गणतन्त्रीय व्यवस्थामा पार्टी परिवर्तन सामान्य भन्दै सांसद पाण्डेलाई एमाले युवा नेता खड्काले दिए बधाई
  • CIA Khabar

  • कपिलबस्तु । प्रदेश सभामा नेकपा एमालेबाट चुनाब लढी चुनाब जितेर लगातारको राजनीति किचलो पछि पुनः कांग्रेस प्रवेश गरेका नेता दिर्घ नारायण पान्डेले लुम्बिनी प्रदेश राष्ट्रिय सभाको निर्वाचनमा पनि जित हासिल गरे ।

    नेता पाण्डे एमाले बाट पुनः कांग्रेसमा प्रवेश गर्दा चुनावमा भाेट दिएर जिताउन महत्त्वपूर्ण भुमिका खेलेका एमाले कार्यकर्ताहरुले उहाँले हामीलाई कम मुल्यांकन गर्नुभयो भन्दै पान्डेमाथी एमाले कार्यकर्ताहरुले असन्तुष्टि जनाएका छन ।

    यसैबिच नेकपा एमालेका युवा नेता तथा दीर्घ नारायण पान्डेलाइ प्रदेश सभामा जिताउन महत्त्वपूर्ण योगदान दिएका एमालेका बौद्धिक क्षमताका धनी देबेन्द्र खड्काले भने पार्टी परिवर्तन गर्नु गणतान्त्रिक ब्यब्स्थामा सामन्य भन्दै राष्ट्रिय सभा सदस्य दीर्घ नारायण पान्डेलाइ बधाइ दिदै एमाले सङको सहकार्यका बारेमा प्रश्न समेत राखेका छन । उनी लेख्छन :

    “गणतन्त्रीय व्यवस्थामा जाेकाेहीले कुनैपनि दल छाेड्नु वा जाेडिनु सामान्य नै हाे,यसमा हामी कसैले पनि अाश्चार्य मानेका छैनाै ।

    जेष्ठ १७ गते भएको राष्ट्रिय शाभाकाे उप चुनावबाट राष्ट्रिय शभा सदस्यकाे लागि निर्वाचित हुनुभएका माननीय साम्सद दृग नारायण पाण्डे ज्युलाई धेरै धेरै बधाई एवम सफल कार्यकालको शुभकामना छ। हाे वर्तमान राष्ट्रिय राजनीति अल्ली धमिलाे देखिएकै हाे, नेता नेता बीचमा अल्ली बढीनै पदीय र शक्तिकाे लडाइँ पनि भईरहेकै हाे। तर,पार्टीका शिर्ष नेताहरु जतिसुकै विभाजित हुदापनि कार्यकर्तामा एकाता भने कायमै थियोे र अझैपनि कायमै छ।

    राष्ट्रिय राजनीति अल्ली बढी किचलो र अव्यवस्थित देखिएकोले र मेरो स्वभाव सङ्ग नमिलेको कारणले गर्दा सामाजिक विकास सभापति जस्तो राज्य मन्त्री सरहको सम्मानित पदपनि छाडेर नेकपा एमाले नै परित्याग गरेर पुनः काङ्ग्रेसमा गएकाे माननीय ज्यूले जानकारी गराउदा एक थरी कार्यकर्ताहरु खुसी भई बधाई तथा स्वागत दिदै गर्दा अर्काथरि कार्यकरताहरु जस्ले प्रत्यक्ष निर्वाचनमा अाफ्ना अमुल्ले मतले विजय गराएका थिए तिनीहरु दुःखी हुनु स्वभाविक हाेईनर?

    धन्नै चारवर्ष सङ्गै हिडेका कार्यकर्ताहरुले उनीहरुका याेगदान अनि भाेटकाे मुल्य माननीय ज्युले किन बिर्सनुभयाे भनेर कारण खाेज्नु स्वभाविक हाेईनर? धन्नै चार वर्ष जति नेकपा कार्यकर्ताहरु सङ्ग काम गर्दा र सहकार्य हुदा तपाईंले कस्तो महसुस गर्नुभयो,कस्तो अनुभुती पाउनुभयाे यस्काे जवाफ पक्कै पनि दिनुहुनेछ भन्ने हाम्रो अपेक्षा। फेरिपनि राष्ट्रिय शभा सदस्य माननीय दृग नारायण पाण्डे ज्युलाई धेरै धेरै बधाई एवम शुभकामना।”

  • २० जेष्ठ २०७८, बिहीबार १०:३६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images