कोभिडकालमा बतासको सहयोग : अस्पताललाई स्वास्थ्य सामग्री, पीडितलाई राहत
  • CIA Khabar

  • दमौली। बतास अर्गनाइजेसन र यसका साझेदार संस्थाले कोभिडव्याधिबाट अस्तव्यस्त स्वास्थ्य प्रणाली अनि आक्रान्त नागरिकलाई सहयोग गरिरहेका छन् ।

    बतासको सामाजिक संस्था बतास फाउण्डेसनले विभिन्न अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । साथै कोभिड र निषेधाज्ञा प्रभावित नागरिकलाई राहतसमेत दिएको छ ।

    बतासका सदस्य मोहन बतासले दमौली जिल्ला सरकारी अस्पताललाई १९ लाख रुपैयाँ बराबरका १० थान अक्सिजन कन्सन्ट्रेटर सहयोगस्वरुप हस्तान्तरण गरेका छन् । ती सामग्री अस्पतालका कार्यकारी निर्देशक डा. सुनिल पौडेलले बुझे ।

    यसैगरी बतासको भगिनी संस्था बीपीएस पेट्रोलियका प्रबन्ध सञ्चालक शिव अर्यालले पूर्वी नवलपरासीको देवचुली नगरपालिका–५ को दुम्कौली कोभिड अस्पताललाई ३ लाख रुपैयाँ बराबरका अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका छन् । उनले बन्दीपुर आधारभूत स्वास्थ्य चौकीलाई १ थान अक्सिजन कन्सन्ट्रेटर देवचुली–५ का वडा अध्यक्ष शिवलाल सापकोटालाई बुझाए ।

    बतासले आइआरडब्लू नेपालको साझेदारीमा नौकुण्ड गाउँपालिकाका कोभिड प्रभावित चार सय परिवारलाई १३ लाख रुपैयाँ बराबरको खाद्यान्न प्याकेट उपलब्ध गराउन लागेको छ । ती घरधुरीमा २५ केजी चामल, मुसुरो दाल ३ केजी, चिनी, नुन २ केजी, तेल तथा साबुन वितरण गरिने बतासले जनाएको छ ।

    यसैगरी फाउन्डेसनले आउँदो महिना रसुवाको नौकुण्ड अस्पताललाई १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । यसमा १० लिटर क्षमताका ३५ वटा र ४० लिटर क्षमताका १५ वटा गरी ५० थान अक्सिजन सिलिण्डर हुने छन् । बतास फाउन्डेसनका कन्ट्री म्यानेजर निर्मल भण्डारीले अहिलेसम्म ४८ लाख रुपैयाँ बराबरकाे सहयोग एवं राहत सामग्री उपलब्ध गराएको बताए ।

  • २० जेष्ठ २०७८, बिहीबार १०:२७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images