जनमोर्चाका प्रदेशसभा सदस्यको पद रिक्त गराउन सूचना दर्ता
  • CIA Khabar

  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापाको पद रिक्त गर्नका लागि प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएको छ ।

    पार्टीको निर्णय उल्लंघन गरेको भन्दै थापाको प्रदेशसभा सदस्य पद खारेजीका लागि राजमोका केन्द्रीय महासचिव मनोज भट्ट र संसदीय दलको तर्फबाट पियारी थापाले पत्र पठाएका छन् ।

    आजै बस्ने प्रदेशसभा बैठकमा सूचना पढेर सुनाइने भएको छ । थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हटाउन कांग्रेसको पक्षमा हस्ताक्षर नगरेपछि उनलाई पार्टीले कारवाही गरेको छ ।

    थापा बाग्लुङ १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

  • २० जेष्ठ २०७८, बिहीबार १३:३५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images