झलनाथ खनालले भने- दक्षिणपन्थी भासमा लागेका ओलीको जालझेलमा नफसौँ, नयाँ पार्टी गठन गरौँ
  • CIA Khabar

  • काठमाडौं । एमालेबाट निष्कासित पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीको जालझेलमा फस्न नहुने भन्दै नयाँ पार्टी गठनमा ढिलाइ गर्न नहुने बताएका छन् ।

    बिहीबार आफूनिकट केन्द्रीय सदस्यहरूको भर्चुअल भेलामा उनले कार्यकर्तालाई निरास नहुन आग्रह गर्दै नयाँ पार्टीमार्फत नयाँ आन्दोलनको थालनी गर्नुपर्ने बताएका हुन् । ओलीले वार्ताका नाममा अल्झाउने काम गरिरहेको भन्दै खनालले उनको जालझेलमा फस्न नहुने बताए ।

    ‘पार्टीभित्र समस्या हुँदैमा तपाईंहरू निरास हुनुपर्ने अवस्था छैन । दक्षिणपन्थी भासमा लागेका ओलीले पार्टीलाई ध्वस्तै बनाउने छन् । त्यसैले उनको जालझेलमा हामी फस्नुहुँदैन,’ खनालले बैठकमा भनेका थिए ।

    आफूले निर्माण गरेको पार्टीबाट निष्कासित भएको कुरा हास्यास्पद भएको उनको भनाइ थियो । ‘यो ओली गुटको कारबाही हो । हामीले बनाएको पार्टीबाट हामीलाई नै निष्कासन गर्ने कुरा हास्पास्पद छ । हामी कम्युनिस्ट आन्दोलनबाट विचलित भएका छैनौँ,’ खनालले कार्यकर्ताहरूलाई भने ।

    पार्टीको आकार ठूलो भएपनि बाटो गलत लिँदा ओलीको नेतृत्वमा एमालेले कुनै उपलब्धि आर्जन गर्न नसक्ने खनालको दाबी थियो ।

  • २० जेष्ठ २०७८, बिहीबार १५:१२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images