कोरोना संकटबाट सन् २०२२ सम्ममा साढे २० करोड बेरोजगार बन्छन् : आईएलओ
  • CIA Khabar

  • संयुक्त राष्ट्र संघले कोरोना भाइरसको महामारीका कारण व्यापकस्तरमा भइरहेको रोजगारीको संकटलाई पूर्ति गर्न लामो समय लाग्ने चेतावनी दिएको छ ।

    अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले कोरोना महामारीका कारण लाखौँ मानिसकले रोजगारी गुमाएको र नयाँ रोजगारी सिर्जनामा पनि प्रभाव परेको बताएको छ । पूरै दुनियाँमा महामारीका कारण लाखौँको जागिर गुमेको र लाखौँको संख्यामा नयाँ रोजगारी अवसर सिर्जना हुन लागेका अवसरहरू पनि प्रभावित भएको आईएलओले बताएको छ । आईएलओका निर्देशक गाय राइडका अनुसार यो वर्ष मात्र कोरोना महामारीका कारण ७.५ करोड मानिसहरूले जागिर गुमाएका छन् ।

    आईएलओका निर्देशक राइड भन्छन्, ‘सन् २०२२ सम्ममा बेरोजगारीको संख्या २० दशमलव ५ करोड पुग्ने हाम्रो आकलन छ । महामारी सुरु हुनुभन्दा पहिला सन् २०१९ मा १८ दशमलव ७ करोड बेरोजगार थिए । आगामी दुई वर्षमा यो बढेर २० दशमलव ५ करोड पुग्नेछ ।’

    उनका अनुसार बेरोजगारीदर सबै देशमा समान हुने छैन । किनकि कोरोना संकटबाट निम्तिएको बेरोजगारी दरलाई धनी देशले छिट्टै घटाउनेछन्, जबकि गरिब देशहरूमा रहेका असमानताका कारण महिला र युवाहरूले अधिक समस्या झेल्नेछन् ।

    गाय राइडर अगाडि भन्छन्, ‘कम आय भएका देशमा बेरोजगारको स्थिति अझै खराब हुने हामीलाई डर छ । भ्याक्सिनमा पहुँच र मजबुत आर्थिक नीतिका कारण धनी देशहरू यो समस्याबाट सजिलै बाहिर निस्किन सक्नेछन् ।

    उनले महामारीका कारण लाखौँ मानिसले रोजगारी गुमाउँदा परिवारमा गरिबी बढ्दै गएको र उनीहरूको सामाजिक सुरक्षा पनि कम हुँदै गएको बताए ।

    गाय राइडरले भने, ‘हाम्रो आकलनका अनुसार सन् २०१९ को तुलनामा ३ दशमलव १ करोड कामकाजी मानिसलाई अत्यन्तै गरिब भन्न सकिन्छ । यी यस्ता व्यक्ति हुन् जसले संयुक्त राष्ट्रद्वारा निर्धारित १ दशमलव ९० डलर प्रतिदिन कमाइ गर्न सक्ने छैनन् ।’ उनले गरिबी घटाउन गरिएका तमाम प्रयासलाई कोरोना महामारीले पाँच वर्ष पछि धकेलिदिएको बताए ।

  • २० जेष्ठ २०७८, बिहीबार १६:१५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images