काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण नफैलिएको बताएको छ ।
बेलायती मिडियाले नेपालमा भेटिएको नयाँ भेरियन्टका कारण युरोपमा तीव्र रूपमा कोरोना संक्रमण फैलिएको समाचार सम्प्रेषण गरेपछि मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकाल्दै नेपालमा नयाँ भेरियन्टको संक्रमण नफैलिएको बताएका हुन् ।
‘पछिल्लो समय नेपालमा फैलिएको कोभिड १९ भेरियन्टलाई डेल्टा नाम दिइएको हो । हाल नेपालमा भेटिएका भेरियन्ट अफ कन्सर्नमा अल्फा र डेल्टा छन् । हालसम्म नेपाल यसबाहेक अरू कुनै भेरियन्ट पत्ता लागेको निराधार समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ ।
जनस्वास्थ्यका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अधिकारिक सूचना नलिई समाचार सम्प्रेषण नगर्न मन्त्रालयले आग्रह गरेको छ ।