राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश
  • CIA Khabar

  • काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लुम्बिनी प्रदेशमा हालै सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन आज पेश भएको छ ।

    निर्वाचन आयोगले राष्ट्रियसभामा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम आज उक्त प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

    उक्त निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए ।

  • २० जेष्ठ २०७८, बिहीबार १८:४२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images