नेपाल पक्षीय १७ जनसंगठनले भने – अध्यक्ष ओलीको स्वेच्छाचारी निर्णयले एमाले संकटमा फस्यो
  • CIA Khabar

  • काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षीय १७ जनसंगठनले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको विधान विपरीतका निर्णय सच्याउन आग्रह गरेका छन् ।

    १७ जनसंगठनका प्रमुखले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पार्टीलाई पार्टीलाई २ जेठ ०७५ मा फर्काउन नेता कार्यकर्तालई एकताबद्ध गर्न ओलीलाई आग्रह गरेका हुन् ।

    ‘हामी चाहन्छौँ, एमालेकै नेतृत्वमा नेपाली जनताको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा होस्, यसको निम्ति पार्टी, जनसंगठन र पेसागत संगठनका सबै संरचनाहरूलाई २०७५ जेठ २ गतेको स्थितिबाट केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील बनाइयोस्’ उनीहरूले विज्ञप्तिमा भनेका छन् ।

    उनीहरूले आमनेता तथा कार्यकर्ताको चाहना एकताबद्ध एमालेकै नेतृत्वमा कम्युनिस्ट आन्दोलन सृदृढ होस भन्ने रहेको बताएका छन् ।

    प्रधानमन्त्री ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमले जनताको लामो संघर्ष र बलिदानबाट स्थापित संघीय लोकतान्त्रिक व्यवस्था र संविधान गुम्ने खतरा पैदा भएको उनीहरूको बताएका छन् ।

    पार्टी विधान विपरीत अध्यक्ष ओलीले एकपछि अर्को स्वेच्छाचारी निर्णय गरेकाले नेकपा एमाले र कम्युनिष्ट आन्दोलन संकटमा परेको उनीहरूको ठहर छ ।

    ‘व्यवस्था र संविधानको रक्षा गर्दै नेकपा (एमाले) र कम्युनिष्ट आन्दोलनलाई बचाउनु आजको हाम्रो प्रमुख चुनौती बनेको छ । संविधान, पार्टी विधान र पद्धतिविरुद्ध गरिएका सम्पूर्ण निर्णयहरू सच्याएर सुदृढ र एकताबद्ध नेकपा (एमाले) निर्माणको लागि हामी अध्यक्ष ओलीलाई आग्रह गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ ।

    उनीहरूले २ जेठअघिको स्थितिमा नफर्किए पार्टी र आन्दोलन विर्सजनको बाटोमा जान सक्ने भन्दै आफूहरूले त्यस्तो हुन नदिने चेतावनी दिएका छन् ।

  • २० जेष्ठ २०७८, बिहीबार १८:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images