माधव समुहको बैठकमै भनाभन, एकता भाँडने माधवको प्रस्तावमा प्रभावशाली नेताको कडा आपत्ति
  • CIA Khabar

  • काठमाडौं । आफैले स्थापित गरेको मापदण्डको आधारमा एमालेबाट निश्काशनमा पर्नुभएका पूर्वबरिष्ठ नेता माधवकुमार नेपाल जसरी पनि एमाले भत्काउने र कांग्रेस–माओवादीसँग मिलेर जाने पक्षमा देखिनुभएको छ । माओवादी र कांग्रेससँगको लिभिङ टुगेदरका कारण नेपालले पार्टी एकता नहोस भनेर नयाँ माग थप्नुभएको छ ।

    माधवको यही नियत बुझेपछिसो समूहमा गम्भीर विग्रह उत्पन्न भएको छ । केही प्रभावशाली नेताहरु र जिल्ला तथा गाउँ तहका सयौं नेता कार्यकर्ता पार्टी छाडन नसकिने अडानमा उभिएका कारण नेपाल समूहमा विग्रहसमेत देखापरेको छ । पार्टीबाट निश्काशनमा परे पनि नेपाल समूहले अहिले पनि नेकपा एमालेकै नाममा गतिविधि गरिरहेको छ । संस्थापन पक्षसँग वार्ता गरिरहनुभएका योगेश भट्टराई र घनश्याम भुषाल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरुले एमालेमै रहन प्रस्ताव राख्नुभएपछि त्यहाँ विग्रह देखिएको हो ।

    जेठ २ को अवस्थामा अर्थात, माओवादी केन्द्रसँग एकीकरण हुनु पहिलेको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने माग चार नेताको रहेको छ । सो मागमा अध्यक्ष केपी शर्मा ओली लचिलो बन्नुभएको छ । अध्यक्ष ओली लचिलो बनेसँगै अव फुटाउने योजना असफल हुने भयो भन्दै माधवले आज आफ्नो समूहको केन्द्रीय समिति बैठक डाकेर एमालेमा फर्कन नसकिने आधार बनाउन खोज्नुभएको छ । सो समूहको आज बसेको भर्चुअल बैठकमा माधवले एकता भाँड्न नयाँ अड्को थाप्नुभएको हो ।

    भर्चुअल बैठकको सुरुमै माधवले ‘प्रतिनिधि सभा पुनःस्थापना गर्न केपी ओली सहमत भए मात्र मिल्ने’ घोषणा गर्नुभएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको सन्देश बोकेर आउनु भएका नारायणकाजी श्रेष्ठसँगको छलफलपछि नेपालले एमालेको एकता हुन नदिन र नयाँ पार्टी गठनको नाटक गरेर माओवादीमा बिलय हुन यस्तो अडान राख्नुभएको हो । जेठ २ को अवस्थामा फर्कने माग पूरा हुने संकेत देखिएपछि माधवले यो नयाँ माग थप्नुभएको हो । माधवको यो मागपछि सोही समुहका चारै जना नेताले बैठकमै प्रतिवाद गर्नुभएको छ । स्रोतका अनुसार सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र योगेश भट्टराईले पार्टी एकताअघिको अवस्थामा फर्कदा थप सर्त राख्न नहुने भन्दै माधवको प्रस्तावको कडा प्रतिवाद गर्नुभएको छ ।

    वार्तामा प्रतिनिधि पुनःस्थापनाको मामिलामा अदालतले जे गर्छ त्यसलाई मानेर अगाडि बढ्ने सहमति भएको थियो । सो सहमति स्वीकार्य नहुने भन्दै माओवादी प्रस्ताव अघि सार्नुभएको हो । आजको बैठकमा माधव नेपाल, झलनाथ खनाल, भिम रावल, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरा, रघुजी पन्त, वेदुराम भुषाल, बिजय पौडेल, रामकुमारी झाँक्रीलगायतका नेताहरुले एमाले त्याग्ने पक्षमा रहको धारणा राख्नुभएको छ भने अन्य नेता एमालेमै रहने अडानमा देखिनु भएको छ । माधव नेपालले पार्टी एकता सम्बन्धमा सार्वजनिक रुपमा केही दिनदेखि विचार राखिरहनुभएको छैन ।

  • २० जेष्ठ २०७८, बिहीबार १९:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images